२५ जेठ २०८३, सोमबार

गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

गुल्मीको मुसिकोट-४, दोभानमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । सातजना घाइते भएका छन् । 

मुसिकोटबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप बिहान साढे ११ बजे दुर्घटना भएको हो । 

जीपमा १० जना सवार थिए । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको गुल्मी प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए । 

उनका अनुसार घाइतेहरूलाई उद्धार गरेर जिल्ला अस्पताल उपचारका लागि लगिँदै छ । 

salt training

कमेन्ट गर्नुहोस्