
पेगासस स्पाईवेयरमार्फत जासूसी गराएको विषयमा भारतमा विपक्षी दलका नेताहरूले सरकारलाई निरन्तर आक्रमण गरिरहेका छन् ।
त्यसैक्रममा बुधवार कांग्रेस नेता राहुल गान्धीले जासूसी गराएर भारतको आत्मालाई प्रधानमन्त्री नरेन्द्र मोदीले चोट लगाएको बयान दिएका छन् ।
सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘हामी एउटा मात्र प्रश्न सोध्दैछौं । भारत सरकारले पेगासस किनेको हो ? हो कि हैन ? सरकारले आफ्नै जनताविरुद्ध पेगासस हतियार चलाएको हो ? संसदमा पेगाससका विषयमा कुनै छलफल नहुने सरकारले स्पष्टसँग बताएको छ ।’
‘हामीले संसदीय कारवाहीमा अवरोध गरिरहेका छौं भनिँदैछ । हामीले सदन अवरुद्ध गरेका छैनौं । यो पेगासस हतियार भारतका व्रिद्ध उपयोग गरिएको छ । यो आतंकवादी र राष्ट्रविरोधीहरूका विरुद्ध प्रयोग गर्नुपर्ने हो ।’
‘हामी नरेन्द्र मोदी र अमित शाहसँग जान्न चाहन्छौं । तपाईंहरूले किन भारतका लोकतान्त्रिक संस्थाहरूविरुद्ध हतियार चलाउनुभएको हो ?’ राहुल गान्धीले सोधे ।