३० जेठ २०८३, शनिबार

पूर्व सैनिक र माओवादी मिलेर सुनचाँदी पसलमा लुटपाटको प्रयास, ६ जना पक्राउ

पूर्व सैनिक र माओवादी मिलेर सुनचाँदी पसलमा लुटपाटको प्रयास, ६ जना पक्राउ

गत साउन १ गते मोरङको सुन्दरहरैंचाको एक सुनचाँदी पसलमा बन्दुक देखाएर लुटपाट गर्नेमध्येका ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । 

सुन्दहरैंचा नगरपालिका–१० विराटचोकस्थित खगेन्द्र थापाले सञ्चालन गरेको शिव पञ्चायन ज्वेलर्स सुनचाँदी पसलमा हतियार देखाएर लुटपाटको प्रयास गर्नेहरूलाई १२ दिनपछि प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा संखुवासभाको सभापोखरी गाँउपालिका घर भई हाल इटहरी उपमहानगरपालिका–२० बस्ने ३९ वर्षीय चन्द्रबहादुर राई, सुनसरीको गढी गाँउपालिका–१ बस्ने ४५ वर्षीय डाइमन्ड भन्ने प्रमोद चौधरी, संखुवासभाको बाह्रबिसे गाउँपालिका–६ घर भई हाल इटहरी उपमहानगरपालिका–२० बस्ने ३० वर्षीय चिरन्जीवि राई, सुन्दरहरैंचा–५ बस्ने २२ वर्षीय मिसन राई, भोजपुरको पौवादुम्मा गाउँपालिका–३ घर भई इटहरी–२० तरहरहरा बस्ने नगेन्द्र राई र सुन्दरहरैचा बस्ने ३१ वर्षीय सन्तोष राई रहेका छन् ।

लुटपाटमा ७ जनाको संलग्नता देखिए पनि १ जनालाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

पक्राउ परेकामध्ये चन्द्रबहादुर र डाइमन्ड भन्ने प्रमोद चौधरी घटनाका मुख्य योजनाकार रहेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले बताए । जिसीका अनुसार चन्द्रबहादुर शेरदल गण ओखलढुंगामा नेपाली सेनाको जवानमा कार्यरत रहेका थिए । प्रमोद माओवादीका पूर्व कार्यकर्ता हुँदै कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिसकेका व्यक्ति रहेका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले आरोपीको साथबाट प्रहरीले एसएमजी १, म्यागजिन १, गोली ६२ राउन्ड, कटुवा पेस्तोल १, अटोमेटिक पेस्तोल १, अटोमेटिक पेस्तोलको म्यागजिन १ र गोली राउन्ड २, ३०३ राइफल राउन्ड ४, एमआरपी लेखेको सञ्चार सेट २ वटा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा सूचना अधिकारी दिपक श्रेष्ठले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्