
नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल र नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोलाबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ ।
एमाले केन्द्रीय कार्यालय, थापाथलीमा आज साँझ भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रमका साथै सरकार र नेकपाबीच भएको सहमतिलगायत विषयमा कुराकानी भएको जनाइएको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले यसअघिको सरकारसँग भएका तीनबुँदे सहमति कार्यान्वयनबारे विभिन्न राजनीतिक दलहरुसँग संवाद गरेको छ ।