१९ असार २०८३, शुक्रबार

जसपा केही दिनमा सरकारमा सहभागि हुने, मन्त्री छान्ने जिम्मा तीन नेतालाई

जसपा केही दिनमा सरकारमा सहभागि हुने, मन्त्री छान्ने जिम्मा तीन नेतालाई
फाइल तस्वीर

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुन अझै केही दिन लाग्ने बताएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बुधवार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सैद्धान्तिक छलफल शुरु गर्दै सरकारमा सहभागी हुन अझै केही दिन लाग्ने निष्कर्ष निकालेको हो । 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रचार विभाग प्रमुख डम्बर खतिवडाले सरकारमा सहभागी हुन अझै केही दिन लाग्ने निष्कर्षमा पार्टी पुगेको बताए । ‘सरकारमा कहिले सामेल हुने ? कसरी सामेल हुने ? के–कस्ता विषयहरुलाई ध्यान दिने ? लगायतका विषयमा आजको बैठकमा सैद्धान्तिक छलफल गरेका छौं । सरकारमा सामेल हुनेबारे सकारात्मक दृष्टिकोणहरु आएका छन । तर यसबारे अन्तिम निर्णय लिन केही दिन लाग्ने देखिन्छ’ खतिवडाले भने । 

बैठकले पार्टीको नियमावली अनुमोदन गरेको छ । त्यसैगरी पार्टी एकताका लागि नेकपा लोकतान्त्रिक पार्टीको शिवलाल थापा समूह, नेकपा एकीकृत मार्क्सवादी समूहको अमृत पुरी समूह र लिम्बुवान राष्ट्रिय मंचका मछिन्द्र बेगा नेतृत्वको समूहसँग गरिएको सहमति पनि बैठकले अनुमोदन गरेको प्रवक्ता खतिवडाले बताए । जसपाले थापालाई पार्टीको केन्द्रिय कार्यकारिणी समितिमा, पुरीलाई राजनीतिक समितिमा र बेगालाई केन्द्रिय कार्य समितिमा मनोनित गर्ने निर्णय पनि गरेको छ ।

कार्यकारिणी समितिको बिहीबार पुनः बस्ने बैठकमा सरकारमा सहभागी हुने विषयमा विस्तृत छलफल हुने प्रचार विभाग प्रमुख खतिवडाले बताए । अर्का एक नेताका अनुसार सरकारमा पठाउने मन्त्री छान्नको लागि अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र बरिष्ठ नेता अशोक राईलाई जिम्मा दिइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्