साउन २५, २०७९
पछिल्लो २४ घन्टामा ८६८ जनामा कोरोना संक्रमण भएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार, ६ हजार ७०५ जनामा गरिएको पीसीआर तथा एन्टीजेन परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या...
काठमाडाैं | साउन १५, २०७८
जनता समाजवादी पार्टी (जसपा) नेकपा एमालेको माधवकुमार नेपाल पक्ष सरकारमा जाने कि नजाने भन्ने अन्तिम टुंगो लागेपछि मात्र सरकारमा सामेल हुने भएको छ ।
सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सरकारमा सहभागी भइसके पनि गठबन्धन घटक जसपा अहिलेसम्म सरकारमा सहभागी भएको छैन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी हुनका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पटक–पटक आग्रह गरिसकेको भए पनि यादव सरकारमा तत्काल गइहाल्ने मनस्थितिमा छैनन्।
जसपाका प्रचार–प्रसार प्रमुख डम्बर खतिवडाका अनुसार जसपा अध्यक्ष यादवले सरकारमा सहभागिताका लागि केही शर्तहरू राखेका छन्।
'माधवकुमार नेपाल पक्ष सरकारमा आउने वा नआउने भन्ने विषयको पहिले टुंगो पहिले लाग्नुपर्यो,' यादवले राखेको शर्त उद्धृत गर्दै खतिवडाले लोकान्तरसँग भने, 'यदि उहाँहरू आउने हो भने अन्य तीन घटकले पाउने जत्तिकै मन्त्रालय हामीले पनि पाउनुपर्छ।'
यदि नेपाल पक्ष सरकारमा नआउने हो भने कांग्रेस र माओवादीले पाउने संख्या बराबर नै जसपाले पनि मन्त्रालय पाउनुपर्ने जसपाको अडान रहेको उनले बताए ।
ती सबै कुराको टुंगो लागेपछि कुन-कुन मन्त्रालय कसलाई दिने समेत टुंगो लागेको अवस्थामा मात्र जसपाले कसको नेतृत्वमा सरकारमा पठाउने, कुन–कुन सांसदलाई सरकारमा पठाउने विषयमा निर्णय गर्ने उनले बताए।
त्यसबाहेक सरकारमा सहभागी हुने दलहरूबीच साझा कार्यक्रमका विषयमा समेत सहमति हुनुपर्ने जसपाको माग छ।
भोलि संसदीय दलको नेता चयन हुँदै
भोलि जसपाले संसदीय दलको नेता चयन गर्दैछ। जसपाको तीन दिनसम्म बसेको कार्यकारिणी समितिको बैठकबाट संसदीय दलको विधानलाई अनुमोदन गर्दै निर्वाचन समिति तोकिएको थियो ।
त्यही निर्वाचन समितिले भोलि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा निर्वाचन गराउने कार्यक्रम तय भएको खतिवडाले बताए।
कुल ३४ जना सांसद रहेको जसपामा २ जना सांसद निलम्बित छन्।
३२ जना सांसदमध्ये केही सांसद महन्थ ठाकुर पक्षमा समेत लागेको हुनाले पार्टीको पक्षमा कति जना सांसद हुने भन्ने कुरा भोलि निर्वाचनमा मात्र थाहा हुने उनले बताए ।
पछिल्लो २४ घन्टामा ८६८ जनामा कोरोना संक्रमण भएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार, ६ हजार ७०५ जनामा गरिएको पीसीआर तथा एन्टीजेन परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या...
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकमा ठूलो पहिरो गएको छ । पहिरोका कारण बेत्रावती कालिकास्थान तथा बेत्रावती मैलुङ दुवै सडक अवरुद्ध भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसील...
काठमाडौंको बालाजुस्थित एक कारखानामा आगलागी भएको छ । प्रहरीका अनुसार जुत्ता बनाउने कारखानामा बुधवार मध्याह्न आगलागी भएको हो । आगलागीको सूचना पाएसँगै प्रहरी घटनास्थलमा पुगेको छ । निकै टाढाबाट पनि ध...
छिमेकी देश चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ । चीनले सन् २०२२ का लागि नेपाललाई १५ अर्ब रुपैयाँ भन्दा बढी ( ८०० मिलियन आरएमबी) सहयोग गर्ने घोषणा गरेको हो। परराष्ट्र...
सप्तकोशी नदी गाउँमा पस्दा विस्थापित बनेकाहरू अझै घर फर्कन सकेका छैनन् । उदयपुरको बेलाका नगरपालिका–८ डुम्रिबोटेबाट साउन १८ मंगलवार राति कोशी बस्तीमा पसेपछि विस्थापित बनेका ३ सयभन्दा बढी घर जान...
चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् । मन्त्री खड्का र विदेशमन्त्री वाङबीच आज साँझ चीनको चिङ्दाओमा सौहार्दपूर्ण र फलदायी भेटवार्त...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...