
सर्बियाका महान टेनिस खेलाडी नोभाक जोकोविच टोक्यो ओलम्पिकको सेमीफाइनलमा जर्मनीका अलेक्जेन्डर जभेरेभसँग शुक्रवार पराजित भएका छन् ।
जोकोभिचले पहिलो सेट जितेको भए पनि पछिल्ला दुई सेट गुमाउन पुगे र खेल हारे । १-६ ६-३ ६-१ को सेटमा जभेरेभले जोकोविचलाई हराएका हुन् ।
यो वर्ष अस्ट्रेलियन, फ्रेन्च र विम्बल्डन जितिसकेका जोकोभिचले ओलम्पिक र यूएस ओपन जितेको भए गोल्डन स्ल्याम जित्ने पहिलो पुरुष खेलाडी बन्ने थिए । तर उनको त्यो सपना अब साकार नहुने भएको छ ।
टेनिसमा गोल्डन स्ल्याम जित्ने एक मात्र खेलाडी स्टेफी ग्राफ हुन् ।