दक्षिणपूर्वी एशियाको सबैभन्दा धेरै कोरोनाभाइरस मृत्यु दर म्यानमारमा

दक्षिणपूर्वी एशियाको सबैभन्दा धेरै कोरोनाभाइरस मृत्यु दर म्यानमारमा

म्यानमारको सैन्य सरकारले कोरोनाभाइरस सङ्क्रमण र यसका कारण हुने मृत्युलाई नियन्त्रणका लागि सरकारले खास पहल नलिएको आरोप मानबअधिकारकर्मी तथा स्थानीयहरूले लगाएका छन् ।


Advertisement

कोरोनाभाइरसका कारण म्यानमारमा मृत्यु दरमा उल्लेख्य बढी आएको भएपनि फेब्रुअरीमा निर्बाचित सरकारलाई नियन्त्रणमा लिएको सैन्य सरकारले महामारीको प्रयोग गरेर शक्ति सुदृढीकरण गर्न र विपक्षीलाई दबाउने गरेको आरोप उनीहरूले लगाएका हुन् ।


Advertisement

पछिल्लो सात दिनमा म्यानमारमा मृत्यु दर इन्डोनेसिया र मलेसियाभन्दा बढी रहेको पाइएको छ ।  पछिल्ला दिनमा दक्षिणपूर्व एशियामा म्यानमार नै महामारीका कारण सबैभन्दा खराब अवस्थाको सामना गरिरहेको मुलुक बनेको छ ।

 देशको स्वास्थ्य सेवा कोभिड–१९ सङ्क्रमित बिरामीहरूका कारण पछिल्लो छोटो समयमा नै निकै प्रभावित बनेको छ । यहाँ चिकित्सकीय सेवाका लागि आवश्यक पर्ने अक्सिजन आपूर्ति घट्दै गइरहेको र सरकारले धेरै ठाउँमा यसको निजी बिक्रीमा प्रतिबन्धित गरेको छ । सरकार निकट समूहलाई सहयोगका लागि तथा सैन्य अस्पतालहरूमा आपूर्तिलाई केन्द्रित गरिएको यहाँ आन्दोलनरत दल तथा अधिकारबादी समूहले आरोप लगाएका छन् ।


Advertisement

यसैबीच अवज्ञा आन्दोलनलाई सहयोग पु¥याएको भन्दै सैन्य सरकारका गतिविधि स्वास्थ्यकर्मीहरूलाई निरूत्साहन गर्ने खालका भएको विपक्षी गठबन्धनको आरोप छ । विशेषज्ञ र निजामती कर्मचारीले राज्य प्रशासन परिषद्को नामले चिनिने सरकारी संयन्त्रलाई सहयोग नगरेको आरोप सेनाले लगाएको छ ।  

 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्