२८ जेठ २०८३, बिहीबार

शास्त्रीय नृत्यकार रञ्जितको निधन

साउन १६, २०७८
शास्त्रीय नृत्यकार रञ्जितको निधन

वरिष्ठ शास्त्रीय नृत्यकार हनुमानदास रञ्जितको ७८ वर्षको उमेरमा निधन भएको छ ।
   
लामो समयदेखि मिर्गाैलासम्बन्धी उपचार गराइरहेका कलाकार रञ्जितको साउन १० गते निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

अरनिको कल्चरल सोसाइटी सांस्कृतिक संस्थाका संस्थापक रञ्जितले नेपालका परम्परागत शास्त्रीय नाच स्वदेश र विदेशमा समेत प्रवद्र्धनमा योगदान पुुर्‍याएका थिए ।
     
भारतको मुम्बईबाट शास्त्रीय नृत्य, भरत नाट्यम, कत्थकली, मनिपुरीमा विशिष्टता हाँसिल गरेका रञ्जितले नेपालको शास्त्रीय नृत्यको विकास र विस्तारमा झण्डै आधा शताब्दी योगदान दिएका उनका सहकर्मी एवं वरिष्ठ पत्रकार ध्रुुव थापाले बताए ।

गोरखा दक्षिणबाहुु चौथोबाट विभूूषित पाटनका वासिन्दा रञ्जितका पत्नी र २ छोरा छन् ।

salt training

कमेन्ट गर्नुहोस्