२५ जेठ २०८३, सोमबार

एसएसबीको ज्यादतीविरुद्ध विप्लव नेतृत्वको पार्टीले आज देशव्यापी विरोध प्रदर्शन गर्ने

एसएसबीको ज्यादतीविरुद्ध विप्लव नेतृत्वको पार्टीले आज देशव्यापी विरोध प्रदर्शन गर्ने

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ । 

भारतीय सुरक्षा बल एसएसबीले तुइन खोलेका कारण दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको विरोधमा आज दिउँसो ३ बजे विरोध प्रदर्शन गर्ने भएको हो । 

साथै साउन १८ गते दिउँसो २ बजे देशभर विरोध सभा गर्ने नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ । 

विज्ञप्ति जारी गर्दै पार्टीले घटना मानवता, जनअधिकार एवं स्वतन्त्रता र राष्ट्रिय स्वाधिनता प्रवद्र्धनको दृष्टिकोणले गम्भीर, अक्षम्य र निन्दनीय रहेको बताएको छ । साथै घटनाको छानबिन गरी सत्यतथ्य जनता सामु सार्वजनिक गर्न पनि सरकारसँग माग गरिएको छ । 

‘तुइन घटनाको वास्तविक छानबिन, दोषीमाथि कडा कारवाही, पीडितलाई न्याय र भारतीय शासकहरूको हस्तक्षेपकारी रवैयाका विरुद्ध देशव्यापी संघर्षमा उत्रिन पार्टीपंक्ति र आमनेपाली जनतामा हाम्रो पार्टी जोडदार आह्वान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्