०२ साउन २०८३, शनिबार

आजको मौसम–देशका धेरै स्थानमा वर्षाको सम्भावना

आजको मौसम–देशका धेरै स्थानमा वर्षाको सम्भावना

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ भने जसका कारण अहिले बिहान देशभर सामान्य बदली रही प्रदेश १ का केही स्थानहरुमा र बाँकी प्रदेशका एक(दुई स्थानहरुमा हल्का वर्षा भैरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै  कर्णाली, लुम्बिनी, गण्डकी र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।  

महाशाखाले आइतबार राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

यस्तै प्रदेश १, गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्