२२ असार २०८३, सोमबार

संसद् सचिवालयको कारोबार अब सरकारी बैंकबाटै

संसद् सचिवालयको कारोबार अब सरकारी बैंकबाटै
फाइल तस्वीर।

संघीय संसद् सचिवालयको सम्पूर्ण सरकारी कारोबार पूर्णरूपमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत गर्न शुरू गरिएको छ । यसअघि सरकारी खाताहरू एभरेष्ट बैंक मार्फत सञ्चालन गरिएको थियो । 

सांसदहरूले सरकारी खाता सरकारी बैंकमार्फत सञ्चालन गर्नुपर्ने माग गरेका थिए । 

संसद् सचिवालयले २०७७ मंसिर १८ मा पूर्ण सरकारी स्वामित्व भएको बैंक राष्ट्रिय वाणिज्य बैंकमार्फत गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो । 

आर्थिक वर्षको बीचमा खाता परिवर्तन गर्न कठिनाइ हुने अर्थ मन्त्रालयले पत्राचार गरेको थियो । 

सचिवालयले २०७८ असार ३१ गते पुन:ताकेता गरी खाता परिवर्तनका लागि अनुरोध गरेको थियो ।

त्यसपछि अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक तथा महालेखा नियन्त्रकको कार्यालयमार्फत हालै सिंहदरबारस्थित सबै कार्यालयका सरकारी खाताहरू सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक मार्फत सञ्चालन गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ । 

त्यसै गरि राष्ट्रिय वाणिज्य बैंकलाई समेत सिंहदरबार शाखाको स्तरोन्नति र सेवा सुविधा विस्तारको लागि समेत अनुरोध गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्