२९ असार २०८३, सोमबार

महाकालीमा तुइन काटिएकोबारे भारतसँग आपत्ति जनाउन सरकारलाई माओवादीको ध्यानाकर्षण

महाकालीमा तुइन काटिएकोबारे भारतसँग आपत्ति जनाउन सरकारलाई माओवादीको ध्यानाकर्षण
फाइल तस्वीर।

नेकपा माओवादी केन्द्रले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिँदा नदीमा खसेर नेपाली नागरिक बेपत्ता भएको विषयमा भारतसँग आपत्ति जनाउन सरकारको ध्यानाकर्षण गराएको छ । 

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतवार बसेको माओवादी स्थायी कमिटी बैठकले महाकालीमा तुइन काटिएको घटना सम्बन्धमा छानबिन गरी दोषीमाथि कारवाही प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएको हो । 

‘महाकाली नदीमा तुइनबाट जसरी एकजना नेपाली नागरिकको महाकाली नदीमा खसेर अहिलेसम्म बेपत्ता भएको स्थिति छ, यसमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । अहिलेसम्म समाचारमा आए अनुसार भारतीय एसएसबीको तुइन फुकाइदिने गतिविधिका कारणले नै नेपाली नागरिकले महाकालीमा नदीमा खसेर बेपत्ता हुने स्थिति छ,’ नेता नारायणकाजी श्रेष्ठले भने, ‘त्यसका बारेमा तत्काल छानबिन गरी सम्बन्धित व्यक्तिलाई कारवाही गर्न र त्यसका निम्ति भारतसँग गम्भीर आपत्तिसहित आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाउन माग गर्ने निर्णय भएको छ ।’

एसएसबीले तुइन काटिदिँदा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बगेर बेपत्ता भएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्