३२ असार २०८३, बिहीबार
एमाले बैठक

एमाले स्थायी कमिटीको निर्णायक भनिएको बैठक– वामदेव सहभागी, माधव नेपाल पक्ष अनुपस्थित

एमाले स्थायी कमिटीको निर्णायक भनिएको बैठक– वामदेव सहभागी, माधव नेपाल पक्ष अनुपस्थित

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक शुरू भएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा स्थायी कमिटीको दोस्रो दिनको बैठक शुरू भएको हो । 

सहमतिका लागि आजसम्म कुर्ने भन्दै शनिवारको बैठक स्थगित गरिएको थियो । आइतवारको बैठकको शुरूमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।

बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी छन् । माधव नेपाल पक्षका नेताहरू भने सहभागी छैनन् । 

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदमाथि सोधिएको स्पष्टीकरणबारे समेत एमाले बैठकमा छलफल हुँदैछ ।

सहमतिको प्रयास जारी रहेको भन्दै यसअघि स्पष्टीकरणलाई यथावत राखिएको थियो । 

शनिवार एक कार्यक्रममा अध्यक्ष ओलीले माधव नेपाललाई ‘देशद्रोही’को संज्ञा दिँदै एमालेमा स्थान नभएको बताएका थिए ।  

salt training

कमेन्ट गर्नुहोस्