३० जेठ २०८३, शनिबार

४० लाख फाइजर खोप खरिद गरिने

साउन १८, २०७८
४० लाख फाइजर खोप खरिद गरिने

सीमा  नाका  क्षेत्रमा  खोप  लगाउन  आवश्यक  तयारी  सुरु  गर्न सरकारले निर्देशन दिएको छ । त्यसका लागि करिब ४० लाख फाइजर खोप खरिद गरिने भएको छ । 
गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आइतबार बसेको कोभिड–१९ नियन्त्रणसम्बन्धी बैठकले  कोरोना  नियन्त्रण  चुनौतीपूर्ण  बन्दै  गएकोले सीमा नाकामा कोरोना खोप लगाउने व्यवस्था  गर्न  निर्देशन  दिएको  हो  ।

 मन्त्री  खाँणले  कोरोना भाइरसको तेस्रो लहर आउनुअघि  नै  आवश्यक  स्वास्थ्य उपचार तयारी तथा होल्डिङ सेन्टर निर्माण, सीमा नाकामा  खोपको  व्यवस्था  र  सरकारी  अस्पतालमा  अक्सिजनको पर्याप्त सुविधा मिलाउन  निर्देशन दिएका हुन् । गोरखापत्रमा खबर छ । 


 

salt training

कमेन्ट गर्नुहोस्