
मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक शुरू भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार अपरान्ह सत्ता गठबन्धनको बैठक शुरू भएको हो ।
बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।
बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रमको विषयमा समेत छलफल हुने बताइएको छ । शीर्ष नेताको बैठक अघि कार्यदलका सदस्यहरूले बालुवाटारमा छलफल गरेका थिए ।
असार २९ गते प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिए पनि अहिलेसम्म सरकारले पूर्णता पाउन सकेको छैन ।