१९ असार २०८३, शुक्रबार

एमालेको बैठकबाट ९ विभाग गठन, यी नेताहरूलाई प्रमुखको जिम्मेवारी

एमालेको बैठकबाट ९ विभाग गठन, यी नेताहरूलाई प्रमुखको जिम्मेवारी

नेकपा एमालेको स्थायी कमिटी बैठकले विभिन्न ९ वटा विभाग गठन गरेको छ ।

सोमवार बसेको बैठकले ९ विभाग गठन गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

पार्टीको संगठन विभागको प्रमुखमा विष्णुप्रसाद पौडेल, संसदीय विभागमा सुवासचन्द्र नेम्वाङ, आर्थिक विभागमा विष्णु रिमाल, प्रचार विभागमा प्रदीपकुमार ज्ञवाली, पर्यटन प्रवद्र्धन विभागमा भानुभक्त ढकाल, स्कूल विभागमा अध्यक्ष केपी शर्मा ओली, विदेश विभागमा राजन भट्टराई, निर्वाचन विभागमा अग्नि खरेल, स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र पराजुलीलाई जिम्मेवारी दिइएको छ ।

यसअघि आइतवार बसेको बैठकले राष्ट्रिय महाधिवेशनअघि भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । बैठकले असोज ३ गते देशका सबै वडामा वडा अधिवेशन गर्ने, असोज ९ गते सबै पालिकामा अधिवेशन गर्ने निर्णय समेत गरेको छ  ।

पार्टीलाई तलैदेखि सुदृढ गरेर लैजाने नीति अनुरूप वडा र पालिकामा अधिवेशन गर्न लागिएको प्रवक्ता ज्ञवालीले बताए । उनका अनुसार साउन २३ गतेसम्म सदस्यता नवीकरण गरेर राख्ने निर्णय भएको छ ।

एमालेले साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्