काठमाडौं २८ जेठ - तीनवटा साना दलले चन्द्रमा चुनाव चिन्ह लिएर दोस्रो चरणको स्थानीय चुनावमा सहभागिता जनाउने भएका छन् ।

समाजवादी जनता पार्टी, बहुजन समाज पार्टी र लोक दलले चुनाव चन्द्रमा चुनाव चिन्ह लिएर चुनाव लड्ने सहमति गरेका हुन् । पूर्वमन्त्री प्रेमबहादुर सिंह अध्यक्ष रहेको समाजवादी जनता पार्टीको चुनाव चिन्ह चन्द्रमा प्रयोग गरी तीन दल चुनावमा जाने सहमति गरेको अध्यक्ष सिंहले जानकारी दिए ।