
हाँस्नु स्वास्थ्यका लागि राम्रो हुन्छ । चिकित्सकहरू पनि व्यायाममा हाँसोलाई समावेश गराउने सल्लाह दिन्छन् । तर कसैका लागि हाँस्नु पनि कष्टदायक हुन सक्ने रहेछ ।

अस्ट्रेलियाकी एक महिला मोनिके जेफ्रीका लागि आफ्नो हाँसो नै विपत्तिको कारक बन्यो । केही समयअघि मोनिके आफ्ना साथीहरूसँग हाँसिरहँदा अचानक उनको गलामा पीडा भयो । अस्पताल पुग्दा पो थाहा भयो उनको गलाको हड्डी भाँचिएको रहेछ ।
चिकित्सकले सर्जरी गरेपछि अहिले उनी स्वस्थ छिन् । आफूहरूले कहिल्यै पनि यस्तो केस नदेखेको चिकित्सकहरू बताउँछन् ।
मोनिकेले सन् २०१२ मा हाँच्छ्यु गर्दा पनि यसो भएको थियो ।
स्काई न्युजका अनुसार मोनिकेले अफिसमा सहकर्मीले सुनाएको जोक सुन्दा हाँसेपछि गर्दनको हड्डी भाँच्चिन पुग्यो ।
चिकित्सकहरूले मोनिकेलाई नहाँस्न र हाँस्दा पनि विचार पु–याउन भनेका छन् । अनि हाँच्छ्यु गर्दा पनि उनले ध्यान दिनुपर्नेछ ।
एजेन्सी