०९ असार २०८३, मंगलबार

प्रतिनिधिसभा बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठक मंगलबार बस्दैछ । मंगलबार दिउँसो १ बजेका लागि बैठक तय भएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

यस्तै शोक प्रस्तावसम्बन्धी अर्को कार्यसूची पनि रहेको छ । तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालमा निर्वाचित सांसद अकबरबहादुर सिंहको ९० वर्षको उमेरमा गत साउन १५ गते निधन भएको थियो । उनी दार्चुला क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्