२९ असार २०८३, सोमबार

मन्त्रिपरिषद् बैठक बस्दै, केही नियुक्ति र हेरफेरको तयारी

मन्त्रिपरिषद् बैठक बस्दै, केही नियुक्ति र हेरफेरको तयारी
फाइल तस्वीर।

विभिन्न मन्त्रालयका नियमित एजेण्डामा छलफल गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठक मंगलवार बस्ने भएको छ । 

दिउँसो २ बजेका लागि मन्त्रिपरिषद्को बैठक राखिएको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्को आजको बैठकले प्रधानमन्त्रीको सचिवालयमा केही नियुक्ति गर्ने तयारी रहेको स्रोतले बतायो । 

यसअघिको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र दुईवटा प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेको थियो । 

असार २९ गते शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ लिएकोमा अहिलेसम्म सचिवालय बन्न सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्