
काठमाडौं २८ जेठ–मधेस केन्द्रित राष्ट्रिय जनता पार्टीलाई चुनावमा सहभागि गराउन सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्ने विधेयक संसदमा पेश गरेको छ ।
आइतवार दिउँसो बसेको संसद्को पहिलो बैठकमा गृहमन्त्री जनार्दन शर्माले राजनीतिक दल सम्बन्धी विधेयक २०७४ संसदमा पेश गरेका हुन् । मन्त्रिपरिषद्को बैठकले आइतवार नै सो विधेयक पारित गरेको थियो ।
संसद् नियमावलीको नियम निलम्बन गरी विधेयक संसदमा पेश गरिएको हो । राजपाको दल दर्ता र चुनाव चिन्ह सम्बन्धी व्यबस्थाका लागि सरकारले ऐन संशोधन गर्न लागेको हो ।
विधेयक पारित भएपछि रमजपाले मधेश केन्द्रीत ६ दलले यसअघि प्रयोग गरेको चुनाव चिन्ह लिएर चुनाव लड्न पाउने छ । संसदको दोस्रो बैठक केहीबेरमै बस्दैछ ।