३१ असार २०८३, बुधबार

बीपी स्वास्थ्य प्रतिष्ठानको प्रतिवेदन सार्वजनिक गर्न स्वास्थ्य राज्यमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

बीपी स्वास्थ्य प्रतिष्ठानको प्रतिवेदन सार्वजनिक गर्न स्वास्थ्य राज्यमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या पहिचान र छानबिन गरी प्रतिवेदन दिन गठित कार्यदलले मंगलवार प्रतिष्ठानका कूलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदन बुझेपछि प्रधानमन्त्री देउवाले प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले बताए । 

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी, चिकित्सक, नर्स र विद्यार्थी १ महिनादेखि आन्दोलित छन् ।

गत असार ३१ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिवहरू, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ११औं तहका अधिकृत, सहमहालेखा नियन्त्रक र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सञ्चालक परिषद् सदस्य रहने गरी कार्यदल गठन भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्