०२ साउन २०८३, शनिबार

अमेरिकासँग वार्ताका लागि उत्तर कोरियाले राख्यो यस्ता शर्त

साउन २०, २०७८
अमेरिकासँग वार्ताका लागि उत्तर कोरियाले राख्यो यस्ता शर्त

उत्तर कोरियाले अमेरिकासँग आणविक निःशस्त्रीकरणका विषयमा पुनः वार्ता थाल्नका लागि अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउनुपर्ने शर्त राखेको छ । 

उत्तरबाट हुने धातुको निर्यात तथा प्रशोधित इन्धन तथा अन्य आवश्यक वस्तुको आयातमा लगाइएको प्रतिबन्ध हटाउन उसले माग गरेको छ ।

दक्षिण कोरियाको नेसनल इन्टेलिजेन्स सर्भिसका प्रमुख पार्क जिए–वनका अनुसार, उत्तर कोरियामा सुक्खा तथा कोरोनाभाइरस महामारीका कारण खाद्यान्नको चरम संकट र आर्थिक मन्दीको समस्या छ । जनतालाई खाद्यान्न आकस्मिक सैन्य जगेडाबाट बाँड्ने काम भइरहेको छ । 

त्यसैले प्रतिबन्ध फुकुवाका लागि उत्तर कोरियाले विभिन्न कोशिश गरिरहेको छ । गत साता दुई कोरियाबीच हटलाइन संवाद पुनः आरम्भ गरिएको छ । त्यसको पहल किम जोङ उन आफैंले गरेका छन् र अहिले दुई देशका अधिकारी दिनको दुईपटक कुराकानी गरिरहेका छन् । 

दक्षिणको संसदीय गुप्तचरी समितिका सदस्य हा ताए–क्युङले सञ्चारकर्मीहरूलाई मंगलवार बताए, ‘वार्ताको पूर्वशर्तका रूपमा उत्तर कोरियाले खनिजपदार्थको निर्यात तथा प्रशोधित तेल र अन्य आवश्यकताका वस्तुको आयातमा प्रतिबन्ध हटाउनुपर्ने भनेको छ ।’

‘मैले उनीहरूलाई कुन आवश्यकताको सामान भनी सोध्दा उनीहरूले उच्चस्तरीय रक्सी र सुट भने । प्योङयाङका सम्भ्रान्तहरूलाई बाँड्नका लागि त्यो चाहिएको उनीहरूले बताए ।’

वाशिङटनले वार्ताका लागि प्रतिबन्ध घटाउने कुनै संकेत दिएको छैन । अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले उत्तर कोरियामाथिको प्रतिबन्ध पूर्ण कार्यान्वयनका लागि दक्षिणपूर्वी एसियाका समकक्षीहरूसँग यसै साता वार्ता गर्न लागेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्