३१ असार २०८३, बुधबार

यस्तो छ शोभराजको अपराध यात्रा

कात्तिक २०, २०७४
यस्तो छ शोभराजको अपराध यात्रा

काठमाडौँ, २९ जेठ- बिकिनी किलरका रूपमा कुख्याती कमाएका शोभराजको जीवन अनौठो र रहस्यमय छ । अविवाहित आमाको सन्तानका रूपमा सन् १९४४ मा भियतनाममा जन्मिएका शोभराजका बाबु भारतीय मूलका हुन् । पछि उनलाई आमाका प्रेमीले हुर्काएका थिए । उनको वास्तविक नाम चाल्र्स गुरुमुख शोभराज हो । बाल्यकाल उनले फ्रान्समै बिताए । पर्याप्त पारिवारिक वातावरण पाउन नसकेकाले उनी सानैदेखि फरक व्यवहार देखाउने र अपराधका गतिविधि गर्ने गर्थे, नयाँ पत्रिकामा खबर छ । उनको मुटुको भल्भमा समस्या देखिएको छ र उनलाई गंगालाल अस्पताल अप्रेसनको तयारी गरिएको छ ।

उनले पहिलो अपराध सन् १९६३ मा १९ वर्षको उमेरमा गरेका थिए । पेरिसको एक घरमा गरेको चोरी उनको जीवनको पहिलो आपराधिक खुट्किलो थियो । जसमा उनी असफल भए र करिब एक वर्ष जेल बसे । जेलमा उनले आफूलाई विशेष व्यवहार गर्न जेलका अधिकारीलाई बाध्य बनाए ।shobaraj-625x333

फ्रान्सको सोही जेलमा उनको जीवनको अर्काे महत्वपूर्ण घटना घट्यो । उनले त्यहाँको अन्डरवल्र्ड समूहका सदस्य फिलिक्स इसकोन्जीलाई भेटे । जेलबाट दुवैजना छुटेपछि त्यहा“को अन्डरवल्र्ड समूहसँग मिलेर शोभराजले काम गर्न थाले र पेरिसका धनी व्यक्तिसँग संगत बढाउनुका साथै उच्च वर्गबारे धेरै सूचना बटुले । एकपछि अर्काे गर्दै पेरिसका ठूला चोरीका घटनामा उनले सफलता हात पारे । त्यो सिलसिला करिब सात वर्ष चल्यो । त्यहीबीचमा उनको चान्तासनामक युवतीसँग भेट भयो । जसलाई उनले प्रेम प्रस्ताव राखे र युवतीले सहजै स्विकारिन् । पछि उनीहरूले बिहे गरे ।

यसबीचमा प्रहरीले उनीमाथि निगरानी बढाएपछि उनले फ्रान्स छाड्ने कुटिल निर्णय गरे । पूर्वी युरोपमा केही दिन बसेर उनी सन् १९७० मा श्रीमतीका साथ भारतको मुम्बई आए । पूर्वी युरोपमा रहँदा पनि उनी निकै चलाखीसाथ चोरी गर्न सफल भए । भारत आएपछि करिब एक वर्ष उनले इमानदार जीवन बिताएको उनीबारे लेखिएको ‘लाइफ एन्ड क्राइम्स अफ चाल्र्स शोभराज’नामक पुस्तकमा उल्लेख छ । तर, इमानदार जीवन बिताउने रहर बोकेर उनी मुम्बई आएका भने थिएनन् । मुम्बईमा उनले कार चोर्ने र बेच्ने धन्दा गर्न थाले । जुवामा विशेष सोख भएकाले त्यसरी कमाएको पैसा उनी जुवा खेलेर सिध्याउँथे । तर, एक वर्षको बीचमै उनी होटेल अशोकामा रहेको सुनपसल चोरीमा समातिए । तैपनि उनी जेलबाट भाग्न सफल भइसकेकोमा तत्कालै उनलाई प्रहरीले समातेको थियो । आफू बसेको होटेलको कोठाबाट पसलमा प्वाल पारेर उनले त्यो चोरी गरेका थिए ।

पछि धरौटीमा त्यहाँबाट रिहा भएपछि उनी अफगानिस्तानको काबुल पुगे । काबुलमा पर्यटक लुट्ने धन्दामा लागे र दर्जनौँ घटनापछि मात्र समातिए । चतुर शोभराज प्रहरीलाई झुक्याउँदै बिरामी भएको र अस्पताल जाने बहानामा त्यहीँबाट भागेर भारत आए । त्यसपछि इरान, टर्की र ग्रिसमा दुई वर्ष बिताए । त्यहाँ पनि उनको आपराधिक गतिविधि जारी नै थियो । चोरीको पासपोर्ट प्रयोग गरेर उनी इरान हुँदै टर्कीको राजधानी इस्तानबुल पुगेका थिए । जहाँ उनका भाइ एन्ड्री बस्थे । इस्तानबुलमा शोभराज र एन्ड्रीको आपराधिक गतिविधि झन् सशक्त बन्यो । पछि ग्रिसमा उनीहरूलाई समातियो । उनीसँगै पक्राउ परेका भाइ एन्ड्रीले १८ वर्ष जेलमा बिताउनुपरेको थियो । उनी भने थाइल्यान्ड भागेका थिए । थाइल्यान्डबाटै उनले कुख्याती कमाएका हुन् । त्यहाँ लगातार उनले तीन पर्यटकको हत्या गरे । त्यहाँ उनी कुटिल लागुऔषध कारोबारीका रूपमा प्रस्तुत गरेर पर्यटकसँग नजिकिने गरेका थिए । त्यसरी लगातार तीन पर्यटकको हत्या भएको घटनाले थाइल्यान्डमा हंगामै मच्चियो । हत्या गरिएका पर्यटकको पासपोर्ट लिएर उनी भारत आए । त्यहाँ एक भारतीय युवा अजय चौधरी र क्यानेडियन नागरिक मोनिकासँग उनको दोस्ती बढ्यो । त्यसपछि उनीहरूले मिलेर भारत, नेपाल र मलेसियामा दर्जनौँ आपराधिक काम गरे । तर, चलाखीका कारण उनी कहिल्यै पक्राउ परेनन् । सन् १९७५ को कुरा थियो यो । सोही वर्ष उनीहरू थाइल्यान्डमा हत्या गरेका पर्यटकको पासपोर्ट लिएर नेपाल आएका थिए । नेपालमा उनीहरूले तीन विदेशी नागरिकको हत्या गरे ।

नेपालमा त्यसरी हत्या गरेपछि नेपाल प्रहरीलाई झुक्याउँदै भारत छिरेका शोभराजको आपराधिक जीवनको महत्वपूर्ण समय रह्यो । अरू तीन युवतीसँग मिलेर भारत भ्रमणमा आएका फ्रेन्च विद्यार्थीलाई आफूहरू उनीहरूको गाइड बताएर झुक्याउँदै हत्या प्रयास गरेकोमा उनलाई प्रहरीले पक्राउ ग-यो । सो घटनामा उनलाई आजीवन कारावासको सजाय हुने धेरैको अनुमान थियो । तर, उनकी सहयोगी अर्की महिलालाई प्रमुख दोषी ठहर्‍याएर उनलाई १२ वर्षको मात्र जेल सजाय सुनाइयो ।

salt training

कमेन्ट गर्नुहोस्