२८ जेठ २०८३, बिहीबार

१६ अंकले घट्यो नेप्से, जीवन विकास लघुवित्तसहित ३ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट

१६ अंकले घट्यो नेप्से, जीवन विकास लघुवित्तसहित ३ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट

बिहीवार शेयर बजार मापक नेप्से परिसूचक १६ अंकले घटेको छ ।

यस दिन परिसूचक ०.५१ प्रतिशतले घट्दै ३ हजार १०७.४५ विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

नेप्से घटेपनि सेन्सेटिभ इन्डेक्स भने बढेको छ । ०.६४ अंकले बढ्दै सेन्सेटिभ सूचक ५७९.०० विन्दुमा पुगेको छ । 

कुल २ सय २६ कम्पनीको २ करोड ८८ लाख ४५ हजार ४३१ कित्ता शेयर १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९ सय ६५ रुपैयाँ बराबरमा किनबेच भएको छ । 

यस दिन विभिन्न ३ कम्पनीको शेयर कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । 

नेपाल फाइनान्स लिमिटेड, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्थामा सकारात्मक सर्किट ब्रेक लागेको हो । 

युनियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य भने ९.९८ प्रतिशतले बढ्दै सर्किट लेभलमा कारोबार भएको छ । 

यस दिन माथिल्लो तामाकोशी जलविद्युत लिमिटेडको शेयर सबैभन्दा धेरै ६५ करोड ३० लाख ६१ हजार २९६  रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । 

यस दिन युनिभर्सल पावर कम्पनी लिमिटेडको शेयर मूल्य भने ६.७९ प्रतिशतले घटेको छ । जुन बिहीवारका लागि सर्वाधिक धेरै हो । 
 

salt training

कमेन्ट गर्नुहोस्