२८ जेठ २०८३, बिहीबार

ओलम्पिक महिला फूटबल : अस्ट्रेलियालाई हराउँदै अमेरिकाले जित्यो कास्य पदक

साउन २१, २०७८
ओलम्पिक महिला फूटबल : अस्ट्रेलियालाई हराउँदै अमेरिकाले जित्यो कास्य पदक

टोक्यो ओलम्पिकमा अमेरिका महिला फूटबल प्रतियोगितामा कास्य पदकका लागि बिहीवार भएको खेलमा अमेरिका विजयी भएको छ ।

अस्ट्रेलियालाई अमेरिकाले ४–३ गोलले हराएको हो ।

साबिकको विश्व च्याम्पियन अमेरिकाले ओलम्पिक स्वर्ण पदकको आशा गरेको थियो तर कास्यमा चित्त बुझायो । 

मेगान रापिनोले अस्ट्रेलियाविरुद्ध शुरूका दुई गोल गरिन् । कार्ली लोयड र काइटलिन फूर्डले दुई गोल थपे । 

यी दुई टोली समूह चरणमा भिड्दा गोलरहित बराबरीमा टुंगिएको थियो । तर आजको खेलमा कडा प्रतिस्पर्धा भयो । 
 

salt training

कमेन्ट गर्नुहोस्