
नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा गिरावट आएको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुन प्रति तोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार शुक्रवार चाँदी प्रति तोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।