
नेकपा एमाले नेता गोकुल बाँस्कोटाले नवीकरण प्रक्रिया र पार्टी विधान महाधिवेशन नरोकिने बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत माधव पक्षलाई लक्षित गर्दै पार्टी भाँड्न खोज्नेका माग सुन्न नहुने धारणा राखेका हुन् ।
‘न नवीकरण प्रक्रिया रोकिन्छ न त विधान महाधिवेशन नै । पार्टी नै भाँड्न खोज्नेका माग सुन्न पर्दैन,’ उनले लेखेका छन्, ‘आए गल खेत छँदैछ गए झोडा फाँडेर खुइ काड्लान, त्यो पनि नभए देउवाको भजनकीर्तन मण्डलीको सदस्य बन्ने देउवा मनपर्छ भन्ने टिकटक बनाउने ।’