२९ जेठ २०८३, शुक्रबार

ओलम्पिकको कास्य पदकको खेलमा हारेपछि मोदीको फोनकलका बेला रोए हकीका खेलाडी (भिडियो)

साउन २२, २०७८
ओलम्पिकको कास्य पदकको खेलमा हारेपछि मोदीको फोनकलका बेला रोए हकीका खेलाडी (भिडियो)

टोकियो ओलम्पिकमा महिला हकीको कास्य पदकका लागि शुक्रवार भएको खेलमा भारत पराजित भएपछि खेलाडीहरू रोएका छन् । 

बेलायतले भारतलाई ४–३ गोलले पराजित गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय खेलाडीहरूलाई फोनमा कल गरेका थिए । मोदीको कलका बेलामा खेलाडीहरू रोएका हुन् । 

निकै मेहनत गरे पनि परिणाम आफूअनुकूल आउन नसकेपछि भारतीय खेलाडीहरूले आँसु थाम्न सकेनन् ।

मोदीले खेलाडीहरूलाई सान्त्वना तथा हौसला दिन फोन गरेका थिए ।

यसअघि पुरुष हकीमा भारतले कास्य पदक जितेपछि पनि मोदीले फोन गरेर बधाई दिएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्