२१ जेठ २०८३, बिहीबार

अविलम्ब भूमि आयोग गठन गर्न सरकारलाई अनुरोध गर्ने माओवादीको निर्णय

अविलम्ब भूमि आयोग गठन गर्न सरकारलाई अनुरोध गर्ने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रको बैठकले अविलम्ब भूमि आयोग गठन गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

शुक्रवार बसेको पार्टी स्थायी कमिटी बैठकले संविधान तथा कानूनका आधारमा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अविलम्ब उच्चस्तरीय आयोग गठन गर्न सरकारसँग अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकले ५ दलीय गठबन्धनले बनाएको कार्यदलले तयार पारेको सरकारका साझा न्युनतम कार्यक्रम सार्वजनिक गर्न अनुरोध गरेको छ । साझा कार्यक्रम तयारीका लागि बैठकले कार्यदललाई धन्यवाद दिएको छ । 

लुम्बिनी प्रदेशकी सांसद विमला वलीलाई अपहरण गरी मुख्यमन्त्रीको निवासमा बन्दी बनाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको माओवादीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्