२१ जेठ २०८३, बिहीबार

माधव पक्षको युवा संघले ‘महिनामा २ दिन २ घण्टा मेरो राष्ट्रका लागि’ अभियान थाल्ने

माधव पक्षको युवा संघले ‘महिनामा २ दिन २ घण्टा मेरो राष्ट्रका लागि’ अभियान थाल्ने

माधव नेपाल पक्षीय युवा संगठन नेपालले “महिनामा २ दिन २ घण्टा मेरो राष्ट्रका लागि” भन्ने अभियान शुरु गर्ने भएको छ ।

बिहीवार बसेको संगठनको केन्द्रीय पदाधिकारी बैठकले यस्तो निर्णय गरेको शुक्रवार आयोजित पत्रकार सम्मेलन मार्फत् संघका महासचिव दीपक जीएमले बताए । उनले अभियान हरेक महिनाको दुई वटा शनिवार २ घण्टा देशैभर सञ्चालन हुने बताए । यो अभियान साउन २३ गते शनिवार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट शुरु हुनेछ  भने साउनको अन्तिम शनिवार त्रिवी विश्वविद्यालय कीर्तिपुरमा हुनेछ ।

बैठकले २०७८ श्रावण मसान्तभित्र सबै प्रदेश, भाद्र १० भित्र  सबै जिल्ला र भाद्र मसान्तसम्म सबै स्थानीय तहसम्म पुगेर पिपुल्स भोलेन्टियर गठन गर्ने र नेपालमा बसोवास गर्ने र खोप लगाउन योग्य सबै समुदायलाई चाँडोभन्दा चाँडो खोप सर्वसुलभ रुपमा उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष नरेश कुमार शाहीले भ्रष्टाचार, विकृति,विसंगति, नातावाद र विभिन्न खालका गलत संस्कारहरु कायम रहेकोले ती संस्कृतिलाई चुनौति दिन युवा संघको निर्माण भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्