२२ जेठ २०८३, शुक्रबार

भैँसेगोहोरोसहित तीन जना पक्राउ

भैँसेगोहोरोसहित तीन जना पक्राउ

ललितपुर महालक्ष्मी नगरपालिका-१, इमाडोलबाट संरक्षित वन्यजन्तु जस्तो देखिने जीवित भैँसेगोहोरोसहित तीन जनालाई आइतवार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा धादिङ थाक्रे गाउँपालिका-५ नौबीसे दामिचौर बस्ने ४१ वर्षीय पञ्चराम तामाङ, दोलखा मेलुङ गाउँपालिका-३ भैंसे बस्ने १९ वर्षीय सुरेश विक र दोलखा तामाकोशी गाउँपालिका-५, गोगनटार बस्ने २३ वर्षीय सुमन विक रहेको प्रहरीले जनाएको छ । 

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक कानूनी कारवाहीका लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुरमा बुझाइएको ब्युरोले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्