२४ असार २०८३, बुधबार

एमालेको विधान संशोधन प्रस्तावमा के–के छ ? यस्तो छ पूर्णपाठ

एमालेको विधान संशोधन प्रस्तावमा के–के छ ? यस्तो छ पूर्णपाठ

नेकपा एमालेले विधान संशोधन प्रस्ताव पारित गर्दै संगठनात्मक रूपमा व्यापक हेरफेरको प्रस्ताव गरेको छ ।

भदौ २७ र २८ गतेका लागि तय भएको विधान महाधिवेशनमा पेश गर्न तयार गरिएको विधान संशोधनमा अहिलेको संरचनामा व्यापक हेरफेर प्रस्ताव गरिएको छ । 

केन्द्रीय कमिटी २२५ सदस्यीय बनाउन प्रस्ताव गरिएको छ । अब एमालेमा महाधिवेशनबाट अध्यक्ष प्रत्यक्ष निर्वाचित गर्ने र अन्य पदाधिकारी केन्द्रीय कमिटीले छान्न प्रस्ताव गरिएको छ । 

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार एमालेमा अब उपाध्यक्ष २, उपमहासचिव २ र सचिव ७ जना रहने प्रस्ताव गरिएको जानकारी दिए । 

अहिले एमालेमा ५ जना उपाध्यक्ष, २ उपमहासचिव र ५ सचिव रहने व्यवस्था थियो । भदौ २७ र २८ मा हुने विधान अधिवेशनबाट यो प्रस्ताव पारित भएर लागू हुनेछ । 

एउटा महाधिवेशनबाट अर्को महाधिवेशनसम्म निर्धक्कसम्म काम गर्न सक्छ भन्ने अनुभवका आधारमा नयाँ व्यवस्था प्रस्ताव गरिएको प्रवक्ता ज्ञवालीले बताए ।

यस्तो छ पूर्णपाठ –

salt training

कमेन्ट गर्नुहोस्