१० असार २०८३, बुधबार

ईपीएलको ट्रफ्री सार्वजनिक

ईपीएलको ट्रफ्री सार्वजनिक

हंशराज हुलासचन्द एण्ड कम्पनीको उत्पादन बजाज पल्सरले मुख्य प्रायोजन गर्ने चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको विजेताले पाउने ट्रफी सोमवार सार्वजनिक गरिएको छ ।

आयोजक एभरेस्ट प्रिमियर लिग (ईपीएल) ले राजधानीमा एक कार्यक्रमको आयोजना गरेर विजयी टोलीलाई प्रदान गरिने ट्रफी सार्वजनिक गरेको हो ।

ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तर र मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनीका अध्यक्ष शेखर गोल्छाले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरे  । सोही कार्यक्रममा निर्देशक अख्तर र अध्यक्ष गोल्छाले मुख्य प्रयोजनका लागि सम्झौता पनि गरे । दुवैले सम्झौतापत्र एकआपसमा साटेर ट्वान्टी–२० क्रिकेटमा जोडिएको बताए ।

असोजमा हुने फ्रेन्चाइज प्रतियोगितामा अब बजाज पल्सरले मुख्य प्रायोजन गर्ने छ । सम्झौता पछि बोल्दै हंशराज हुलासचन्द एण्ड कम्पनीका निदेर्शक गोल्छाले खेलकुदमा जोडिन पाउँदा खुशी लागेको बताए ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता १४ दिनसम्म चल्ने छ । प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीहरू विराटनगर वारियर्स, काठमाडौं किङ्स–११, पोखरा राइनोज, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र भैरहवा ग्लाडिएटर्सले प्रतिस्पर्धा गर्नेछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्