काठमाडौं, २९ जेठ– प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई थप जिम्मेवारी दिएका छन् ।

उपप्रधानसहित शिक्षा मन्त्रालय सम्हाले श्रेष्ठलाई कानून मन्त्रालयकोसमेत जिम्मेवारी प्रदान गरिएको छ । कानूनमन्त्रीको जिम्मेवारी पाएसँगै श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।