
नेपालको लागि टिभिएस थ्री व्हिलरको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले थ्री व्हिलर इन्डस्ट्रीमै पहिलोपटक सबैभन्दा दमदार पावर रहेको टिभिएस ड्युरोम्याक्स प्लस सार्वजनिक गरेको छ ।
सार्वजनिक सवारी साधनको रुपमा संचालन गर्न योग्य यो सवारी साधन नेपालको लागि अत्यन्त उपयुक्त रहेको कम्पनीको दावी छ ।
टिभिएस ड्युराम्याक्स प्लस इन्जिन ४ स्ट्रोक र लिक्वीड कूल्ड प्रविधिको छ । सर्वाधिक शक्तिशाली २२५ सिसिको दमदार इन्जिन जडित यो इलेक्ट्रिक तथा हातको मद्दत दुवै प्रकारले स्टार्ट गर्न सकिन्छ ।
४७५० आरपिएममा ७.५ किलोवाटको अत्याधिक शक्ति प्रदान गर्ने र २२७५ आरपिएममा १८ एनएमको सबैभन्दा धेरै टर्क दिने क्षमता भएको हुँदा चलाउनलाई सजिलो हुनाको साथै सवार यात्रुहरुले समेत आरामदायी अनुभव गर्न सकिने कम्पनीको भनाइ छ ।
टिभिएस ड्युराम्याक्समा नौ ओटा प्लस फिचर्स छन् ।
यसले २०२१–२०२२ सालमा नेपालको मार्केट शेयरको उच्च हिस्सा यसले ओगट्ने कम्पनीको दावी छ ।
टिभिएस ड्युराम्याक्स प्लसले प्रति लिटर ३०+२ किमि माइलेज प्रदान गर्ने छ ।
'कडा मेहनतका साथ स्वदेशमै जीवनयापन गर्न चाहने नेपालीहरुले गर्नु हुने परिश्रमको प्रतिफल अधिक मिलोस् भन्ने लक्ष्यका साथ हामीले यो सबै भन्दा पावरफूल २२५ सिसिको टिभिएस ड्युराम्याक्स प्लस थ्री ह्वीलर नेपालमा उपलब्ध गराएका छौँ। प्रविधि, सुरक्षा, लागत तथा मर्मत सम्भार हर दृष्टिबाट अत्यन्त अनुकूल यो सवारी साधनका धनीहरुले आफ्नो लगानीको उचित फाइदा पाउनु हुनेमा हामी विश्वस्त छौं,' जगदम्बा मोटर्स प्रा.लि.का डाइरेक्टर दीपककुमार अग्रवालले भने ।
विक्री पश्चात नेपालमै सम्पूर्ण पार्ट पूर्जाहरु पाइने यो टिभिएस ड्युराम्याक्सको बजार मुल्य रु.५ लाख ८९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।