०३ असार २०८३, बुधबार

अर्थमन्त्री शर्माले सार्वजनिक गरे स्वेतपत्र, ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य नभेटिने

अर्थमन्त्री शर्माले सार्वजनिक गरे स्वेतपत्र, ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य नभेटिने

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा मुलुकको अर्थतन्त्रको वर्तमान परिस्थितिबारे यथार्थ चित्र (स्वेत पत्र) प्रस्तुत शुरू गरेका छन् । 

उनले स्वेतपत्र प्रस्तुत गर्नु अगाडि प्रतिनिधि सभामा सम्बोधन गर्दै छिटै प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने समेत बताएका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा अर्थतन्त्रमा उल्लेख्य सुधार हुन सकेको छैन । बजेटमार्फत ७.० प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखिएकोमा सो लक्ष्य पूरा हुन नसक्ने देखिएको उनले बताएका छन् । 

कोभिडको दोस्रो लहरले अर्थतन्त्रमा गम्भीर असर पारेकाले सो लक्ष्य पूरा हुन नसक्ने देखिएको उनले बताएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्