२८ जेठ २०८३, बिहीबार

‘८.५०% नेपाल बैंक ऋणपत्र–२०८७’ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

‘८.५०% नेपाल बैंक ऋणपत्र–२०८७’ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

नेपाल बैंकले जारी गरेको ३ अर्ब ५० करोड रुपैयाँ रकम बराबरको १ हजार रुपैयाँ अंकित दरको ३५ लाख  कित्ता  “८.५०% नेपाल बैंक ऋणपत्र–२०८७” नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत भएको छ । 

सूचीकरणका लागि नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिं साउद र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीका बीच धितोपत्र सूचीकरण सम्बन्धी सम्झौतापत्रमा आज एक कार्यक्रमका बीच हस्ताक्षर भएको छ । 

सूचीकरण भएको ऋणपत्र धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार शुरु हुने  छ ।
 

salt training

कमेन्ट गर्नुहोस्