
पछिल्लो २४ घन्टामा ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलवार १९ हजार १ सय २३ पीसीआर तथा एन्टीजेन परीक्षणका क्रममा सो संख्यामा संक्रमितहरू भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै हालसम्म मुलुकभर ७ लाख ९१ हजार ९ सय १० जनामा कोरोना पुष्टि भएको छ ।
यस दिन २ हजार १ सय १५ संक्रमित निको भएका छन् ।
यससँगै मुलुकभर हालसम्म ६ लाख ७३ हजार १ सय ९८ संक्रमित उपचारपछि निको भएका छन् ।
मंगलवार ३५ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमणबाट मृत्यु हुने संक्रमितको संख्या १० हजार १ सय ५० जना पुगेका छन् ।
हाल मुलुकभर ३७ हजार ३ सय ३२ संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
