१० साउन २०८३, आइतबार

लुम्बिनीका भौतिक पूर्वाधार मन्त्री पाण्डेयले दिए राजीनामा

लुम्बिनीका भौतिक पूर्वाधार मन्त्री पाण्डेयले दिए राजीनामा

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारमा सहभागी भएका मन्त्री पाण्डेयले मंगलवार राजीनामा दिएका हुन् । सिद्धान्तको आधारमा राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनु नै उपयुक्त निर्णय ठानेर राजीनामा दिएको मन्त्री पाण्डेयले बताए। 

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बुधवार दिउँसो १ बजे बस्दैछ ।

salt training

कमेन्ट गर्नुहोस्