२१ जेठ २०८३, बिहीबार

अविश्वासको प्रस्तावबारे छलफल गर्न एमालेले बोलायो संसदीय दलको बैठक

साउन २७, २०७८
अविश्वासको प्रस्तावबारे छलफल गर्न एमालेले बोलायो संसदीय दलको बैठक

नेकपा एमाले लुम्बिनी प्रदेशले संसदीय दलको बैठक बुधवार बिहानको लागि बोलाएको छ ।

मुख्यमन्त्री शंकर पोखरेल निवास मिलनचोकमा संसदीय दलको बैठक बोलाएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लोकान्तरलाई जानकारी दिए । 

बैठक अगाडि मन्त्रिपरिषदको बैठक रहेको छ । प्रदेश सभा सचिवालयमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे छलफल गर्न बैठक बोलाएको चौधरीले बताए । 

चौधरीले दलको बैठकले अविश्वासको प्रस्तावको सामना गर्ने या राजीनामा दिने भन्ने टुंगो लगाउने संकेत गरे ।

आज दिउसो प्रदेशसभाको विशेष अधिवेशन शुरु हुँदैछ । सरकार अफ्ट्यारोमा परेपछि जसपाका भौतिक पूर्वाधार तथा विकास मन्त्री सन्तोष पाण्डेयले मंगलबार राति राजीनामा दिएका छन् ।

यससँगै पोखरेल नेतृत्वको सरकार संकटमा परेको छ । 

अल्पमतमा रहेको शंकर पोखरेल नेतृत्वको सरकारसँग एमालेका ३८ सांसद छन्। विपक्षमा सभामुखसहित ४२ सांसद छन् ।

यो अवस्थामा एमालेले अविश्वासको प्रस्तावको सामना गरेमा प्रस्ताव पास हुने देखिन्छ । तर, एमालेले अविश्वासको प्रस्ताव दर्ता र सदनको विशेष अधिवेशन आह्वान संविधानविपरीत आएकाले सदन बहिस्कार गर्ने सम्भावना पनि छ । 

salt training

कमेन्ट गर्नुहोस्