०८ असार २०८३, सोमबार

मनसुनी वायुका कारण केही स्थानमा भारी वर्षा हुने

साउन २७, २०७८
मनसुनी वायुका कारण केही स्थानमा भारी वर्षा हुने
फाइल फोटो

मनसुनी वायुका कारण बुधवार देशको केही स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ ।

मनसुनी न्यूनचापीय रेखा नेपालको तराई नजिक आइपुगेकाले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नम्बर १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सविना शाक्यले बताइन् । 

अबको २–३ दिनसम्म देशमा मनसुन सक्रिय हुने भएकाले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने र १/२ स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना देखिएको उनको भनाइ थियो ।

वर्षाका कारण पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रमा समेत असर पर्नसक्ने हुँदा सतर्कता अपनाउन आग्रह गरिएकोे छ ।

बुधवार दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनाका साथै प्रदेश नम्बर १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका १/२ स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

पछिल्लो विवरणअनुसार बुधवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव ८ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ६ डिग्री सेल्सियस रहेको छ । बुधवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव २ डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्