११ साउन २०८३, सोमबार

एनएसीको नयाँ एयरबस किन्न सीआईटीसँग ऋण सम्झौता

कात्तिक २०, २०७४
एनएसीको नयाँ एयरबस किन्न सीआईटीसँग ऋण सम्झौता

काठमाडौं, २९ जेठ– नेपाल वायुसेवा निगम (एनएसी)ले नयाँ (बाइ वाईडबढी एयरबस ए ३३०–२००) जहाज खरिदका लागि नागरिक लगानी कोष (सीआईटी)सँग ऋण सम्झौता गरेको छ ।

सम्झौता अनुसार एयरबस खरिदका लागि नागरिक लगानी कोषले नेपाल वायुसेवा निगमलाई १२ अर्ब रुपैयाँ ऋण सहयोग गर्ने छ । ऋणको व्याजदर ९ प्रतिशत रहेको छ ।

जहाज खरिदका लागि भएको सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र निगमका महाप्रवन्धक सुगतरत्न कसांकारले हस्ताक्षर गरेका छन् ।

कोषले नेपाल सरकारको जमानतमा निगमलाई जहाज खरिदको लागि ऋण दिन लागेको हो । जहाज खरिदको लागि प्रदान गर्ने रकमको ब्याजदर पहिलो व्यावसायिक उडान नभएसम्मको लागि परिवर्तन नहुने ब्यवस्था गरिएको छ ।

जहाज खरिदका लागि नागरिक लगानी कोषले उपलब्ध गराएको ऋणको भुक्तानी निगमले १५ वर्षसम्म गर्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्