३० जेठ २०८३, शनिबार

मालीमा नेपाली शान्ति सैनिकहरूको अदलीबदली शुरू

मालीमा नेपाली शान्ति सैनिकहरूको अदलीबदली शुरू

मालीमा नेपाली शान्ति सैनिकहरूको अदलीबदली शुरू भएको छ । 

त्यहाँ तैनाथ ईओडी गुल्म सातौं डफ्फालाई बदली गर्न प्रमुख सेनानी संगीत पुनको नेतृत्वमा ईओडी गुल्मकै आठौं डफ्फाको १३९ सैनिक मालीतर्फ प्रस्थान गरेका छन् । 

मालीमा आफ्नो कार्यकाल समाप्तीपछि शान्ति सैनिकको टोली (पहिलो फ्लाइट) सेनानी निर्मल खड्काको नेतृत्वमा ९७ जनाको टोली साउन २६ गते नेपालमा आइपुगेको नेपाली सेनाले जनाएको छ । 

अदलीबदलीका क्रममा सम्पूर्ण सुरक्षा सतर्कता तथा कोभिड(१९ प्रोटोकलहरूको पालना गरिएको सेनाको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्