
बुधवार शेयर बजारमा झिनो अंकको वृद्धि भएको छ ।
यस दिन शेयर बजार मापक नेप्से परिसूचक ०.९४ अंकले बढ्दै ३१६२.५९ विन्दुमा पुगेको छ ।
बुधवार सेन्सेटिभ इन्डेक्स भने घटेको छ ।
सेन्सेटिभ इन्डेक्स २.३८ अंकले घट्दै ५८५.७१ विन्दुमा झरेको छ ।
कुल २ सय ३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६ सय २४ कित्ता शेयर १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७ सय ५४ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।
यस दिन विभिन्न कम्पनीको शेयर मूल्यमा उच्चवृद्धि भई सर्किट ब्रेक समेत लागेको छ ।
रिदी हाइड्रोपावर, रुरु जलविद्युत परियोजना लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, युनियन लाइफ इन्स्योरेन्स कम्पनी, एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड, अरुण कावेली पावर लिमिटेडको शेयर कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको हो ।
यी कम्पनीहरूको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यस दिन होटल तथा पर्यटन, हाइड्रोपावर, निर्जीवन बीमा, माइक्रोफाइनान्स, जीवन बीमा समूहको सूचक बढेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, फाइनान्स, उत्पादन तथा निर्माण, अन्य, मुचुअल फण्ड र इन्भेष्टमेन्ट समूहको सूचक ऋणात्मक छ ।