२८ जेठ २०८३, बिहीबार

दुर्घटनाबाट जोगियो सीता एयरको जहाज

साउन २७, २०७८
दुर्घटनाबाट जोगियो सीता एयरको जहाज

हुम्लाको सिमकोट विमानस्थलमा बुधवार साँझ सीता एयरको डोनियर जहाज दुर्घटना हुनबाट बचेको छ ।

सुर्खेतबाट काग्रोको सामान ढुवानी गरिरहेको जहाज विमानस्थलको रनवेमा अवतरण गर्ने क्रममा टायर पन्चर्ड भएको हो ।

नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीका अनुसार रनवेमा ल्याण्ड गरी पार्किङस्थलमा ल्याउने क्रममा टायर पन्चर्ड भएको बताए । जहाजको पछाडिको टायर पन्चर्ड भएपछि जहाज घिस्रेको थियो । 

विमानमा सवार चालक दलका सदस्य सकुशल रहेका छन् । चालक दलका सदस्यमात्र रहेको सीता एयरको नाइनएनएएचडी डोनिएर विमान रहेको छ ।

विमानको टायर पन्चर्ड भए पनि अन्य केही क्षति नभएको विमानास्थलले जनाएको छ । जहाजलाई पार्किङस्थलसम्म ल्याइएको छ ।

नेपालगञ्ज वा सुर्खेतबाट नयाँ टायर ल्याउने तयारी भइरहेको सीता एयरले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्