२६ जेठ २०८३, मंगलबार

पछिल्लो २४ घन्टामा ३ हजार २६० जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या ३२

पछिल्लो २४ घन्टामा ३ हजार २६० जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या ३२

पछिल्लो २४ घन्टामा मुलुकमा ३ हजार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीवार १५ हजार ४ सय ६२ पीसीआर तथा एन्टीजेन परीक्षणका क्रममा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै मुलुकमा हालसम्म ७ लाख ९८ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीवार २ हजार २ सय ९४ जना संक्रमित निको भएका छन् ।

यससँगै मुलुकभर कोरोना संक्रमण उपचारपछि निको हुनेको संख्या ६ लाख ७७ हजार ३ सय ७७ पुगेको छ ।

बिहीवार ३२ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मुलुकभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार २ सय १२ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्