२२ असार २०८३, सोमबार

मौद्रिक नीति सार्वजनिक हुँदै, कस्ता नीति आउला ?

मौद्रिक नीति सार्वजनिक हुँदै, कस्ता नीति आउला ?
फाइल तस्वीर

नेपाल राष्ट्र बैंकले आज (शुक्रवार) मौद्रिक नीति सार्वजनिक गर्दैछ ।

दिउँसो सवा ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने गरी राष्ट्र बैंकले तयारी गरेको छ । 

बिहान बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले मौद्रिक नीति पास गरेसँगै मौद्रिक नीति सार्वजनिक गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । 

अर्थमन्त्रालयले सार्वजनिक गरेको बजेटलाई सहयोग पुग्नेगरी सार्वजनिक हुने मौद्रिक नीति यस वर्ष विगतमा भन्दा ढिला सार्वजनिक हुन लागेको हो । 

यस अघि राष्ट्र बैंकले साउन पहिलो सातामा मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको थियो । तर असार अन्तिममा सरकार परिवर्तन भएसँगै मौद्रिक नीति सार्वजनिक  कहिले गर्ने भन्नेबारे अन्यौल सिर्जना भएको थियो । 

पछिल्लो समय राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न नसकेको भन्दै आलोचना समेत भएको थियो । पछि अर्थमन्त्री जनार्दन शर्माले औपचारिक रुपमा मन्त्रालयले मौद्रिक नीति नरोकेको भन्दै यो सार्वजनिक गर्न राष्ट्र बैंक स्वतन्त्र रहेको बताएका थिए । 

यस पटकको मौद्रिक नीतिले कोरोना महामारीबाट प्रभावित अर्थतन्त्र उकास्नका लागि विषेश क्षेत्रलाई केही सहुलियत दिने बताइएको छ । 

यस्तै बैंकहरूको बीग मर्जरका लाग प्रोत्साहन नीति समेत मौद्रिक नीतिमा आउने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्