२१ जेठ २०८३, बिहीबार

अफगानिस्तानका युद्धसरदार इस्माइल खानले तालिबानसमक्ष गरे आत्मसमर्पण

साउन २९, २०७८
अफगानिस्तानका युद्धसरदार इस्माइल खानले तालिबानसमक्ष गरे आत्मसमर्पण

अफगानिस्तानमा तालिबानले देशको दोस्रो ठूलो शहर कन्दहार समेत १७ वटा प्रान्तमा कब्जा गरिसकेको छ । 

तालिबानविरुद्ध लड्नेहरूले धमाधम आत्मसमर्पण गर्न थालेका छन् । 

हेरात प्रान्तको गभर्नर रहिसकेका युद्धसरदार इस्माइल खानले पनि तालिबानसमक्ष आत्मसमर्पण गरेका छन् । 

उनी र उनका लडाकूहरू तालिबानको नियन्त्रणमा आफ्नै घरमा छन् । आफूलाई तालिबानले राम्रो व्यवहार गरिरहेको उनले बताएका छन् । 

त्यस्तै अफगान सरकारका गृह राज्यमन्त्री रहमान, हेरात प्रशासन प्रमुख खयाल नबी अहमदजई, हेरातका गभर्नर अब्दुल सबुर काने र राष्ट्रिय सुरक्षा निर्देशक हसाब सिद्दीकीले पनि तालिबानसमक्ष आत्मसमर्पण गरेका छन् । 

अफगान उपराष्ट्रपति अमरुल्ला सालेह ताजिकिस्तानतर्फ भागेका छन् । उनले छिट्टै भिडियो सन्देश सार्वजनिक गर्ने बताइएको छ । 

तालिबानका प्रवक्ता कारी मोहम्मद युसुफले आत्मसमर्पण गरेका सबैको जीवनको सुरक्षा र सम्मानजनक जीवन बाँच्ने अधिकार सुनिश्चित गरिएको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्